www.tandavnews.com
Fact ~ In search of truth

सभापति कोइरालाको ‘कमाण्ड’ भएन, ठेकेदारले टेरेनन्

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा–२३ मा निर्माणाधीन पुलको अनुगमन औपचारिता निभाउन मात्र गरेको गुनासो आएको छ । स्थलगत अनुगमनको लागि फिल्डमै पुगेका सभापति कोइरालाले ठेकेदारलाई निर्देशन दिनका लागि सामान्य रुपमा फोन संवाद गरेपछि स्थानीय झन् निराश भएको स्रोतको भनाई छ ।

‘विकास समितिको सभापतीले कडा निर्देशन दिनु पर्ने होइन ?,’ फिल्डमै पुगेका एक स्थानीयले भने, ‘त्यति मात्र कहाँ हो र, सभापतीले एक दिन अघि नै फोन मार्फत ठेकेदार बसन्त लामालाई बोलाएका रहेछन् तर ठेकेदार आएनन् । एक त काम बेलैमा सकिएको छैन, सभापतिले बोलाउँदा पनि नआउने ठेकेदारलाई कडा निर्देशन दिएर तुरुन्तै एक्सनमा जानुपर्ने, कारवाहीको डर देखाउनु पर्ने होइन ? साह्रै फितलो प्रस्तुती रह्यो सभापती कोइरालाको कमान्ड भएन बरु ठेकेदार निर्धक्क बोलेको थियो ।’

Batas

औपचारिताको लागि मात्र फिल्डमा पुगेका एक नेकपाका स्थानीय नेताले बताए । ‘सामान्य रुपमा सोध्न हो भने त पूर्वधार विकास कार्यालयका इन्जिनियरलाई उहाँकै कार्यकक्षमा बोलाएर सोधपुछ गरे भईहाल्थ्यो नी,’ नेताले भने, ‘सभापती कोइरालाले फिल्डबाट ठेकेदारलाई स्थानीय जसरी समान्य रुपमा फोनमा कुराकानी गर्नुभयो, जसको कुनै औचित्य देखिएन । उनले भन्दा त बरु यस क्षेत्रका सांसद राजिव पहारीले वडा अध्यक्ष, स्थानीय सबैलाई बोलाएर ठेकेदारलाई पनि कडा निर्देशन दिएका थिए ।’

नेताका अनुसार विकास समितिले काम देखाउन मात्र एक दुई जना पत्रकार लगेर अनुगमन गरेका थिए । ‘हुन त विकास समितिले एक्लै गएर अनुगमन गर्न सक्ने अधिकार छ तर त्यहाँ त्यस क्षेत्रको सांसद राजिव पहारी, वडाध्यक्ष विष्णुप्रसाद पराजुलीलाई बोलाउनु पर्ने होइन, समन्वय गर्दैमा के जान्थ्यो र ?,’ उनले भने, ‘त्यति मात्र होइन ठेकेदार समेत आएनन् ।’

सभापती कोइरालाले समन्वय गर्न नचाहेको स्रोतको भनाई छ । ‘कोइरालाले अनुगमनकै दिन सांसद पहारीलाई फोन हानेका थिए । सांसद पहारीले त्यही दिन २ बजे पोखरा–२३ को सम्पुर्ण विकास निर्माण कार्यको अनुगमन गर्न गठित उच्चस्तरीय समितिलाई छलफलमा बोलाएका थिए । त्यो कार्यक्रम तिन चार दिन अघिनै तय भएको थियो । उच्चस्तरीय समितिमा वडाध्यक्षदेखी सबै पार्टी प्रतिनिधि छन् । ’

सभापति कोइराला र ठेकेदार बिचको फोन संवाद

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले फिल्डमा पुगेर फोन गरेपछि निलगिरी नेश्नल जोइन्ट भेन्चरका ठेकेदार बसन्त लामासँगको संवादको केही अंश ।

सभापति कोइराला : के कारणले तपाईले समयमा काम सक्नु भएन ?

ठेकेदार लामा : समयमै नसकिएको कुरा सबैलाई थाहा नै छ, मैले भनिरहनु पर्ने त केही छैन होला ?

सभापति कोइराला : हैन हैन तपाईले जेष्ठसम्ममा काम सक्नु पर्ने होइन ? यो अवधिमा त कोभिड १९ भन्न खोज्नु भएको होला, तपाईको काम सकिने स्तरमा त काम नै भएकै छैन त अनि ।

ठेकेदार लामा : हैन हैन, तपाईहरुले के गर्दिन प¥यो भने कोरोनाका कारण थप्नु पर्ने समय थपिदिए काम सक्ने जिम्मा हामीले लिएको हो ।

सभापति कोइराला : तपाईको कामको स्प्रिट जुन छ नी ? कोभिड १९ नभएनी टाइममा काम त सकिन्थेन हैन ? अहिले तपाई त त्यो भन्न पाइयो, त्यो अर्कै कुरा भयो । अब समयमा काम सक्नु प¥यो । समय र क्वालीटिमा अब पहिला जस्तो ठेक्का लिने काम गर्ने बिचमा छोड्ने त्यस्तो काम अब हुदैन । किन भने त्यो अब नयाँ व्यवस्थामा छम् हामी, संघियता भनेको त्यही भएर हो नजिकबाट अनुगम गर्ने कार्यान्वय गर्ने भन्ने । अनि तपाईले हिजो आउँछु भनेपछि आउनु पर्ने नि फिल्डमा, कुरा गर्न आउनु परेन् ।

ठेकेदार लामा : हैन म अघि साढे ११ बजेसम्म त्यही थिए ।

सभापति कोइराला : साढे ११ १२ भनेर हुन्छ ? तपाईलाई भनेकै टाईम १ देखी साढे होनी । तपाई साढे ११ सम्म बस्नु या भरेसम्म बस्नु ४ बजे आउनु त्यो कुरामा सरोकार भएननी । भनेको टाईममा तपाईको कामको बारेमा बुझ्नु पर्यो । यहाँ अब अस्ती न्युज पनि त्यत्रो आईरहेको छ । पब्लिकले पनि धेरै विरोध गरेको छ, गुनासोहरु छन् । यहाँ समितिहरु पनि बनिरहेको छ । पूर्वधार मन्त्रालयले पनि सयममै काम सकिएन भनेर भनिरहेको छ । त्यो बारेमा त छलफल हुनु पर्यो नी ।

तपाईलाई भने पछि त आएर छलफल गर्नु पर्यो नी त्यसरी कहाँ हुन्छ ?, तपाईहरुले यस्तो गरेर हुन्छ ? सिधा काम गरेको कुरा पारदर्शी हिसावले गरेको कुरा फिल्डमा आएर हामी अनुगमनमा आउदा जुन सुकै वेलामा पनि आएर भन्नु पर्यो नी, कहाँ यस्तो हुन्छ त नी ? अनुगमनको लागि हिजोनै खबर गरेपछि फिल्डमा आउनु पर्ने होइन, आएर कुरा गर्नु पर्यो । समस्याहरु आईरहेको छ । अब यो त संसद समितिको काम नै यही हो, मन्त्रालयको काम नै यही हो । तपाईहरुले लिएको कामको अनुगमन गर्ने हो । कि तपाई उपस्थित हुनुपर्यो कि प्रतिनिधि पठाउनु पर्यो । कुराको जवाफ दिन सक्ने मान्छे हुनुपर्यो ।

सम्बन्धीत न्यूज

कहिले बन्छ पोखरा-२३मा पुल ?

पुलको काम ठप्प : ग्राभेलमा अझै चलखेल, महानगरपालिकाको अनुगमन

पोखरा महानगरापालिकाका अधिकृत कोइरालालाई कसले गर्ने कारवाही ?

ताण्डव न्यूज प्रभाव : पाेखरा-२३ मा लकडाउन खुलेको तीन महिनामा पुल बन्ने

सम्बन्धीत भिडियाे

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.