www.tandavnews.com
Fact ~ In search of truth

पृथ्वीचोकस्थित सामुदायिक अस्पतालमा उपचाररत वृद्धमा कोरोना संक्रमण पुष्टि

पोखरा ।

पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ   ।

उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

Batas

यस्तै मंगलबार नै तनहुँको शुक्लागण्डकी नगरपालिकाको क्वारेन्टिनमा रहेका १२ र ४६ वर्षका पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरुलाई तनहुँ शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.