www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप ४७ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या ३ सय नजिक

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पछिल्लो अपडेट अनुसार पर्वत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४२ का १ जना पुरुष र वर्ष २० का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पर्वत जिल्लाकै मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ३० का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ्र सोही जिल्लाकै फलेबास नगरपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ३० र ३७ का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Batas

यसअघि आज बिहान स्वास्थ्य निर्देशनालयकै अपडेट अनुसार नवलपरासी पूर्वमा १८ जना नयाँ संक्रमण पुष्टि भएको हो।

त्यस्तै, तनहुँमा १२ जना, मनाङमा १ जना, गोरखामा ११ जनामा संक्रमण पुष्टि भएको छ। मनाङको एक जना कपिलवस्तुबाट फर्किएका र अरु सबै भारतबाट फर्किएका उल्लेख छ। संक्रमित सबै सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा छन्।

यससँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या २ सय ९४ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.