www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशमा पछिल्लो ३ घण्टामा मात्रै ७७ संक्रमित थपिए, कुल संक्रमित संख्या ३ सय २४

पोखरा
ताण्डव न्यूज ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आज विहान ५ः४५को अपडेट अनुसार प्रदेशमा ४२ जना काेराेना भारइरस संक्रमित थपिए । लगत्तै विहान ८ बजे निर्देशनालयले ५ जना थपिएसँगै संक्रमितको संख्या २ सय ९४ जनाएको थियो ।

प्रदेशमा पुनः संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । ९ बजेको अपडेट अनुसार गण्डकीमा थप ३० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३ सय २४ पुगेको छ ।

Batas

पछिल्लो थपिएका मध्ये स्याङ्जामा ९ जना, पर्वतमा ४ जना, तनहुँमा ३ जना, नवलपरासी पुर्वमा १३ जना र बागलुङमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.