सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।
ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्दु्रकको ब्यानरमा दोस्रो चलचित्रको रुपमा बनेको गुरुङ चलचित्र शिरसुबाको सम्पादन अन्तिम चरणमा पुगेको छ । गुरुङले समुदायको संस्कार संस्कृतिमा आधारित व्यक्तिको सुवाशेली (मिजाज) लाई केन्द्रमा राखेर निर्माण भैरहेको चलचित्रको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको हो ।
अहिले मुनाल फिल्मस् मा मिक्सिङको काम भैरहेको छ, चलचित्र प्रोड्युसर म्यानेजर डिबी गुरुङले भने, ‘सबै काम एक हप्ता भित्र सक्ने छौं ।’ पछिल्लो समय गुरुङले ब्याकग्राउण्ड म्यूजिकको काम भैरहेको बताउदै हङकङको बाँकी रहेको केही अंश समेत सिनेम्याटोग्राफरलाई पठाएर छायाँकन गरिसकेको जानकारी दिए ।
गुरुङका अनुसार उक्त चलचित्रको ८० प्रतिशत काम सकिसकेको छ ।
त्यस्तै चलचित्रका निर्माता विमल गुरुङले अन्य गुरुङ चलचित्र भन्दा पृथक बनेको बताए । निर्माणमा सबै प्राविधिक टोली केन्द्रको रहेको बताउदै भने, ‘हाम्रो चलचित्र फरक स्वाद र पृथक बनोस भनेर मेन स्ट्रीम चलचित्रमा काम गरिरहेको प्राविधिक टोलीलाई बोलाएर काम गरेका छांै ।’
निर्माता गुरुङले ८० प्रतिशत गुरुङ भाषाको प्रयोग गरिएको बताउँदै अन्य तमु चलचित्र भन्दा फरक स्वादको बन्ने तर्क दिए ।
निर्माता गुरुङका अनुसार उक्त चलचित्र कास्कीको पर्यटकिय गाउँ घान्दु्रकको सेरोफेरोमा अधिकांश छायांकन गरिएको छ भने केही भाग हङकङको रहेको छ । सो चलचिलको कथा निर्माता स्वयम् विमल गुरुङको रहेको छ भने पटकथा र निर्देशन माओत्से गुरुङको रहेको छ ।
चलचित्रका बजार व्यवस्थापक अमृत लामा गुरुङले उक्त चलचित्र गत बैशाख ५ गते प्रदर्शन गर्ने योजना रहेतापनि लकडाउका कारण पछि धकलिएको बताए । उनले कोरोना कहरको अन्यतसँगै स्वदेश तथा विदेशमा यथाशिघ्र चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।
उक्त चलचित्रको मुख्य भुमिकामा स्याङ्जाका विश्वास गुरुङ, चितवनकी मिस चितवन सुमन गुरुङ, किम्रोङखोलाका सुमित गुरुङ र छोम्रोङकी प्रिति गुरुङलाई देख्न पाईन्छ भने अन्य कलाकारको रुपमा अग्रज नायक सोम गुरुङ, डिबी गुरुङ, आईतराम गुरुङ, अन्जु गुरुङ, टिकाराम घले, रविता, गुरुङ, अंशु गुरुङ विरवल गुरुङ, राजेन्द्र थापा, रजनी गुरुङ, सुरज गुरुङ लगायतको अभिनय रहेको छ । उक्त चलचित्र शुशान प्रजापतीले छायांकन गरेका छन् ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.