www.tandavnews.com
Fact ~ In search of truth

अब नेपालमै ‘बोक्न मिल्ने शौचालय’, मूल्य पनि सस्तो

काठमाडौं ।

कोभिड–१९ को सङ्क्रमितलाई लक्षित गरी नेपालमा निर्माण गर्न थालिएको ‘बोक्न मिल्ने शौचालय’को बढ्दो रहेको छ । अहिलेसम्म पाँच सय २३ शौचाल विक्री भएको र तीन हजार पाँच सयको माग रहेको यसको निर्माण गरिरहेको सुन्दर यातायात प्रालिले जनाएको छ । यसको मूल्य रु १३ हजार पाँच सय रहेको छ ।

पहिलोपटक बिजुली बस शुरु गरेको सो कम्पनीले नेपाली र चिनियाँ जनशक्तिको प्रयोग गरी स्वदेशमा नै शौचालय बनाउन शुरु गरेको हो । सो शौचालय आइसोलेशन, क्वारेन्टिन र घरमै क्वारेन्टिन बस्नेका लागि बढी उपयोगी हुनसक्ने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए । काठमाडौँ उपत्यकालगायत उपत्यकाबाहिर पनि सम्भावित छुट्टै शौचालय आवश्यक भएको भन्दै यसको माग बढिरहेको छ । उनले भने– ‘यसलाई घरको छत, बरन्डा वा अरू कुनै पनि स्थानमा राखेर प्रयोग गर्न सकिन्छ ।’

Batas

क्वारेन्टिनमा रहेकाले सामूहिक शौचालय प्रयोग गर्दा कोरोनाको जोखिम बढाएको भन्ने जानकारी आएपछि सो प्रालिले ‘एक व्यक्ति, एक शौचालय’को अवधारणाअनुरुप यसको निर्माण गरेको हो । यसको तौल धेरै नभएकाले सजिलै एउटा ठाउँबाट अर्को ठाउँमा लैजान सकिने र सजिलै जोड्न सकिने उनले बताए । उनले भने– ‘शौचालयमा आवश्यक सामग्री पनि भित्र राख्न सकिने गरी मिलाइएको छ ।’

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.