www.tandavnews.com
Fact ~ In search of truth

भारतमा एकैदिनमा १५ हजार संक्रमित

काठमाडौं ।

भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या एकै दिनमा अत्यधिक देखिएको छ । पछिल्ला केहीदिनमा सार्वजनिक भएका दैनिक विवरणहरुमध्ये आइतबार सवैभन्दा धेरै जना एकै दिनमा सङ्क्रमित भएको जानकारी दिइएको छ ।

सरकारी अधिकारीहरुले बताए अनुसार, भारतमा पछिल्लो २४ घण्टामा १५ हजार ४१३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा आइतबारसम्ममा कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या कुल चार लाख दश हजार ४६१ पुगेको छ ।

Batas

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या १३ हजार २५४ पुगेको छ । भारतमा कुल सङ्क्रमित मध्ये एक लाख ६९ हजार ४५१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने दुई लाख २७ हजार ७५६ जना सङ्क्रण मुक्त भएका छन् ।

प्रदेशगत रुपमा हेर्दा सवैभन्दा धेरै सङ्क्रमित रहेको महाराष्ट्र प्रदेशमा एक लाख २८ हजार २०५ जना सङ्क्रमित भएका छन् । एजेन्सी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.