www.tandavnews.com
Fact ~ In search of truth

सञ्चारकर्मी थापाद्धारा व्यवसायीलाई घरभाडामा सहुलियत

पोखरा ।

कोरोना महामारीमा भएको बन्दाबन्दीले समस्यामा परेका भाडावाल व्यवसायीलाई सञ्चाकर्मी कञ्चन थापा र उनका श्रीमान नगेन्द्र कोइरालाले भाडामा सहुलियत प्रदान गरेका छन् ।

पोखरा महानगरपालिका वडा न ५ पर्स्याङ् स्थित घरमा तीन महिनाको ५० प्रतिशत भाडा छुट गरेको थापाले जानकारी दिइन् । “अहिलेको अवस्था सहज छैन, घरधनीका पनि आफ्नै समस्या छन् । व्यवसायनै सञ्चालन हुन नसक्दा व्यवसायी झन् मर्कामा छन् । त्यसैले हामीले तीन महिनाको घरभाडमा ५० प्रतिशत छुट दिने निर्णय गरेका हौ ।” थापाले भनिन् । उनले एक पक्षीय रुपमा मात्र नहेरी विपदकाे समयमा आपसी समझदारीबाट घरधनी र भाडावाल अघि बढ्नु पर्ने धारणा राखिन् ।

Batas

थापाका श्रीमान नरेन्द्र कोइरालाले मासिक ९० हजार भाडा रहेको घरभाडामा तीन महिनाको एक लाख पैतिस हजार छुट गरेको र सम्झौता अनुसार प्रत्येक दुई बर्षमा बढाउँदै आएको १० प्रतिशत भाडा एक वर्ष नबढाउने निर्णय गरेको जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.