www.tandavnews.com
Fact ~ In search of truth

स्याङजाका १२ र पूर्वी नवलपरासीका ८ जनामा कोरोना पुष्टि

पाेखरा । 

गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङजाका १२ र पूर्वी नवलपरासीका ८ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ संक्रमित सबैजना भारतबाट फर्किएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी गरिएको छ । प्रदेशका सबै ११ जिल्लामा कोरोना संक्रमण दखिएकाे छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.