www.tandavnews.com
Fact ~ In search of truth

समन्वय विना मिरुवामा पानी ट्याङ्की, बस्ती जोखिममा पर्ने भन्दै उजुरी

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्यूज ।

लकडाउनको मौका पारेर पोखरा महानगरपालिका वडा २ र वडा १८ को सीमानामा (लामागाउँ मुनी मिरुवा माथी) पानीट्याङ्की बन्यो । न त स्थानियले चाल पाए नत दुवै वडाका अध्यक्षलाई नै समन्वय भयो । यी सबै निकाय बेखबर रहे ।

मुक्ति सुवेदी, जस्ले पहुँचका आधारमा गण्डकी प्रदेशको मन्त्रालयबाट रकम असुले । करिब २५ लाख बढि लागतमा उनले आफ्नै जग्गामा लकडाउनकै समयावधिमा पानीट्याङ्की सम्पन्न गरेको स्थानियहरुको भनाई छ ।

Batas

स्थानियका अनुसार मिरुवा क्षेत्रमा दर्जनौ परिवारलाई पानीको खाँचो छ तर सिमित घरपरिवारलाई मात्रै पानी बेच्ने निधो गर्दै उपभोक्ता समिति बन्यो । ३५ धाराको प्रतिव्यक्ति २५ हजारको दरले पानी विक्रि गर्ने प्रारम्भिक कुरा भैरहेको स्थनियले ताण्डव न्यूजसँग बताए । स्थानियका अनुसार सुरुमा धाराका लागि १२ परिवार थिए भने अहिले २७ घरपरिवार भएका छन् । बाँकी ८ जना आफ्ना निकटका खोजिरहेका छन् ।

प्रदेश सरकारको बजेटलाई सम्बन्धित वडासँग समन्वय गरेर मात्र काम गरिने प्रावधान छ । तर यहाँ दुवै वडाका अध्यक्षहरु बेखबर रहे । उक्त भिरालो स्थानमा २० हजार बढि लिटर क्षमताको पानीट्याङकी निर्माण गरेपछि आसपासको बस्तीमा जोखिम बढेको छ ।

‘पानी पाउने मात्रै उपभोक्ता समितिमा छन्, सरोकार समितिका संयोजक पार्वती लामिछाले ताण्डव न्यूजसँग भनिन्, ‘हाम्रो माग भनेको बस्ती सुरक्षित हुनुपर्याे । उनीहरुको घर ट्याङकीको सिधा तल छैन । त्यसै यो भिरालो पाखा कमजोर छ वर्षेनी पहिरो गैरहन्छ । कसरी हुन्छ वडाले पानीटंकी व्यवस्थित गर्नुपर्याे ।’

‘उनीहरुलाई पनि सबै थाहा छ, माथी हिमालयन फ्रन्ट नजिक २ करोडको टेण्डर भैसकेको भनेर, अब केही वर्षमै सबैलाई पुग्ने पानीट्याङकी बन्दैछ, लामीछानेले भनिन्, यो सरासर बस्तीलाई जोखिममा पार्ने काम हो ।’

उनले प्रदेशको बजेटलाई निजि जस्तै गरी आफ्ना निकटका व्यक्तिलाई मात्रै पानी दिने निर्णय गरेको गुनासो गरिन् । ‘सरकारी बजेटलाई प्राईभेट जस्तै गरेर यलाई दिने त्यलाई नदिने भन्ने हुन्छ र ? मेरे घर नजिकै विकको परिवार पनि छ । मलाई दियो भने उस्ले पनि माग्छ भनेर हुन्छ, उनले भनिन्, ‘त्यस्तो जातिय कुरा गर्न मिल्छ । पानीको समस्या मिरुवामा एकदमै छ । बलेनीको पानीले काम चलाउन पर्ने छ, पानीट्याङ्कर पनि आउन मिल्दैन ।’

लामिछानेका अनुसार मुक्ति सुवेदीले स्थानियको मागलाई वेवास्ता गर्दै गतवर्ष सडक समेत विस्तार गरेका थिए । ‘हामीले आक्रोश पोखेपछि उसले त्यहीको ढुङ्गाहरु बिछ्याझै गरेर टारेका थिए ’ पराजुलीले भनिन् ।

त्यस्तै मिरुवाकी शान्ता राणाले स्थानियसँग समन्वय नगरेरै निर्माण गरेको पानीट्याङ्कीले बस्ती जोखिममा पर्ने बताईन् । ‘त्यही ट्याङ्की बनाउनुभएको ईन्जिनियरले २० हजारको भनेपनि २५ हजार बढि पानी अट्छ भन्नुभएको छ, उनले भनिन्, ‘क्षमताभन्दा बढि पानी भएकोले बस्ती जोखिममा पर्ने होकी ? अब कसरी हुन्छ वाल लगाएर हुन्छ की, क्षमता कम गरेर हुन्छ व्यवस्थित गर्नुपर्याे । बस्ती जोखिममा पर्नु भएन ।’

यता सो विषयमा बुझ्न पोखरा महानगरपालिका २ का अध्यक्ष रामेश्वर मल्ललाई सम्पर्क गरी पानीट्याङ्की निर्माणबारे समन्यव भयो कि भएन ? भनी प्रश्न गर्दा बोर्ड मिटिङमा रहेको बताउदै उक्त विषयमा बोल्न नमिल्ने जवाफ दिए । ‘बोर्ड मिटिङमा छु, अहिले बोल्न मिल्दैन । फोन त उठाउन मिल्दैन’ भन्दै फोन उठाईसकेपछि अस्वभाविक जवाफ दिए ।

तर उक्त पानीट्याङ्की निर्माणमा भने वडा बेखबर रहेको ताण्डव न्यूजलाई स्थानियले जानकारी दिएका थिए । मिरुवा र आसपासको बस्ती जोखिममा रहेको भन्दै पार्वती लामिछानेको नेतृत्वमा सरकोकार समिति गठन गरि ६० जना बढिद्वारा हस्ताक्षरित निवेदन दुवै वडामा पेश गरेका छन् ।

वडामा बुुझाइएको उजुरी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.