www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे गाउँपालिकामा शक्तिको आडमा अवैध क्रसर

पोखरा
ताण्डव न्यूज ।

कास्कीमा संचालन भएका सबै क्रसरले पूर्ण रुपमा मापदण्ड पालना गर्न सकेका छैनन् । क्रसरको मापदण्डनै व्यवहारिक छैन भन्दै क्रसर व्यवसायीहरुले बेला–बेलामा आवाज उठाउने गर्छन् ।  मापदण्डको कुरा पहिलो प्राथामिकता हो । तर कास्कीमा मापदण्डको त कुरै छैन, पछिल्लो समय शक्तिकै आडमा अवैध क्रसर संचालन गर्दा सम्बन्धित निकायले आँखा चिम्लिएको पाइन्छ ।

पोखरा–१४ मा अनुमती लिएको अवधि सकिएपछि पनि धमाधम क्रसर चलाएर माल बेच्ने काम भएको छ ।

Batas

त्यसैगरी कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा पहँुचकै आधारमा अवैध क्रसर संचालन गरिएको छ । भोजराज पौडेल, उनका भाई विदुर पौडेल र विशाल गुरुङको नाम बाहिर आएको छ, भने ‘हिडन पार्टनर’ का रुपमा केही व्यक्ति, माछापुच्छे« गाउँपालिका–४ का अध्यक्ष पूर्णबहादुर शाही र माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर गुरुङ रहेको आरोप स्थानीयले लगाएका छन् ।

क्रसर उद्योग दर्ता प्रक्रियामा हुँदा नै संचालन गर्न दिएको यो घटना कास्कीमै पहिलो होला । अन्य क्रसरको हकमा भने स्थानीय तहमै रोक्ने काम हुन्थ्यो ।  तर लाहाचोकको क्रसरले भने मन्त्रालयमै बुझाउनु पर्ने र त्यहाँबाट पाउने कागजात मिलाउँदै छ । शक्तिकै आडमा दर्ता नगरी क्रसर संचालन गरेको एक स्थानीय नेताले नाम नखुलाउने शर्तमा बताए । ‘नातावादकै शक्तिले गर्दा क्रसर चलाएको छ नत्र दर्ता नभएको क्रसर गाउँपालिकाले रोक्नु पर्ने होइन,’ स्रोतले भन्यो, ‘त्यस्तो हुदँैन थियो भने गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङले ढाँटिढाँटि किन जोगाउनु पथ्र्यो ? मिडियालाई त ठेकेदारको भनेछन् धन्न, अरुले सोध्दा किन चाहियो भनेर थर्काउछन् । अवैध क्रसर चलाउन दिन कि रकम खाएको हुनु प¥यो नत्र किन संचालन गर्न दिने त ? ।’

संचालक भोजराज पौडेलका अनुसार क्रसर दर्ता प्रक्रियामा रहेको छ । ‘ लकडाउनका कारण वातावरणीय प्रभाव मुल्यांकन (इआइए) लगायतका काम सकिएको छैन,’ पौडेलले टेलिफोन मार्फत भने, ‘अब त्यो काम पनि छिटै हुन्छ ।’ उनका अनुसार क्रसरमा आफ्नो भाई विदुर र विशाल गुरुङ बाहेक अरु कसैको लगानी छैन् ।

गाँउपालिकाका अध्यक्ष कर्ण गुरुङले भने सबै प्रक्रिया पुरा गरेर क्रसर संचालन गर्न दिएको भन्दै उल्टो अबैध क्रसरको पक्षमा बोलेका थिए । पोखरा–२५, माछापुच्छ्रे गाउँपालिका ६, ८, ९ जोड्न सडक निर्माणको लागि भन्दै ठेकेदार ऋषी गौतमको नाममा क्रसर संचालन गर्न दिएको भन्दै गुरुङले झुटो समेत बोलेका थिए ।

त्यति मात्र होइन अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को क्षेत्राधिकार भित्र पर्ने माछापुच्छे« गाउँपालिका–८ ल्वाङघलेल ठाटीमा रहेको मर्दि खोलाबाट उत्खन्न गर्न स्वीकृत समेत अध्यक्ष कर्ण गुरुङले दिएको बताए । जब कि सो क्षेत्रबाट उत्खनन् र निकास समेत गर्न एक्यापसँग पनि अनुमती लिनुपर्छ । त्यस ठाँउबाट सामाग्री उत्खन्न गरेर सोही क्रसरमा ल्याईएको हो ।

हेर्नुहोस् भिडियो

क्रसर बारे बाटो समितिलाई थाहा छैनः सचिव अधिकारी

पोखरा–२५, माछापुच्छ्रे गाउँपालिका ६, ८, ९ जोड्न सडक निर्माण उपभोक्ता समितिका सचिव टेकप्रसाद अधिकारी

समितिलाई जानकारी नै छैन् । मैले गाउँपालिका अध्यक्षलाई क्रसरको वारेमा केहो त नि साथी भनेर सोधे, अध्यक्षले ‘उसले आफ्नो व्यवसायी गरेको होलानी ।’ भन्ने जावाफ दियो जिम्मेवार अध्यक्ष जस्तो मान्छेले । बाटो समितिको कुनै अधिकार नै रहेनछ । त्यही पनि यसो बाटो रेखदेख गरुम भनेर बसेको । अधिकार प्रयोग गर्ने कुरा एउटा पनि छैन । त्यही पनि यहाँका जनातालाई केही थाहा हुदैन भनेर पिर चिन्ता लागेर हेर्न मात्र भएन आइन्छ । यहाँ मर्दि खोलाको गिट्टी बालुवा सबै क्रसरले पेलिरहेको छ । ऋषी गौतम भन्ने ठेकेदारले एक पटक दाई सडक बनाउन गिट्टी बालुवा पोखराबाट टाढा हुने त्यही क्रसरको ल्याएर बनाउने भन्दै एक दिन कुरा त गरेकै हुन् । क्रसर ऋषीको नभई भोजराज पौडेलको हो तर भित्रभित्रै को को पार्टनर छन् थाहा छैन् । बाटोको योजनाको लागि क्रसर राखिएको भनेपनि त्यसबारे हाम्रो समितिका अध्यक्ष रुमबहादुर गुरुङ होस या अरु कोही कसैलाई पनि थाहा छैन् ।

 

विना स्विकृति उत्खन्न गरिएको छ, रोक्नु पर्छ : एक्याप

राजकुमार गुरुङ
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)

माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा राखिएको क्रसर एक्यापको क्षेत्र अधिकार भित्र पर्दैन् । जहाँसम्म माछापुच्छे« गाउँपालिका–८ ल्वाङघलेल ठाटीमा रहेको मर्दि खोलाबाट उत्खनन्को कुरा छ, यो हाम्रो क्षेत्र अधिकार भित्र पर्छ । त्यसको लागि स्वीकृत लिनुपर्छ । हामीलाई त्यहाँ उत्खनन् गर्दै छ भनेर कुनै जानकारी कहिकतैबाट आएको छैन न त गाउँपालिकाबाट नै ।  संरक्षण क्षेत्र भित्र उत्खनन् गर्दा हामीलाई जानकारी गराउनु पर्छ । व्यवसायीक प्रयोजनको लागि उत्खन्न गरेर निकास गर्ने काम भएको भन्ने जानकारी आयो । त्यो काम गलत हो, तुरुन्तै रोक्नु पर्छ ।

 

स्विकृतिको प्रकृयामा छ : पौडेल

भोजराज पौडेल

मापदण्ड पुरा गरेर राखेको छु । स्विकृतिको प्रकृयामा छ । इआएको प्रकृयामा अघि बढेको छ । संचालक त अहिले चाहिँ मेरो भाइ छ, विदुर पौडेल । अरु कोही छैन, विशाल गुरुङ भन्ने छन् । अहिले बाटोको लागि भनेर माल कुटिरहेका छौं । गाउँपालिकाबाट मापदण्ड पुराएर राखेका छौं ।

 

सबै समन्वय गर्दै हिँड्ने हो भने,विकास नै हुँदैन : गुरुङ

कर्ण बहादुर गुरुङ अध्यक्ष, माछापुच्छ्रे गाँउपालिकाका

अस्थाई क्रसर हो । बाटो बनाउँदै छ नि, हो त्यसको लागि चाहिने माल उत्पादन गर्न खोज्या हो । मैले धेरै अध्ययन गरेर प्राविधिक मार्फत बुझेको हो । मिल्छ भनेर दिएको हो । हाम्रोमा भएको रेकर्ड अनुसार ऋषीको कम्पनीको नाममा छ क्रसर । अस्थाइमा मापदण्ड लागु हुँदैन । व्यवसायीक उत्पादन गरेर बेच्न पाइदैन । सुरुमा जेठको १५ सम्म राख्ने कुरा थ्यो काम सकिएन, अब काम नसकिन्जेल बस्ने भो । समन्वय भन्दा पनि उनिहरुले निवेदन हाल्याछ, गाउँपालिकाले अध्ययन गरेर दिएको छ ।  एक्यापको कुरा एक्यापलाई नै सोध्नुहोस् । सबै समन्वय गर्दै हिँड्ने हो भने विकास नै हुँदैन ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.