www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर ९० लाख ६२ हजार काेराेना संक्रमित, ४ लाख ७० हजारको मृत्यु

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ९० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मंगलबार बिहानसम्म ९० लाख ६२ हजार ८ सय ३७ संक्रमित पुगेका हुन्। हालसम्म विश्वभर ४ लाख ७० हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा धेरै अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २० हजार ३ सय ८४ जनाको मृत्यु भएको छ। दोस्रो नम्बरमा दक्षिण अमेरिकी मुलुक ब्राजिल छ, जहाँ ११ लाख ४ हजार ५ सय ६१ जना संक्रमित भएका छन् भने ५१ हजार २ सय २८ को मृत्यु भएको छ।

यस्तै, रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जना संक्रमित र ८ हजार १ सय ९६ जनाको मृत्यु भएको छ भने भारतमा ४ लाख २५ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। भारतका हालसम्म कोरोना संक्रमणबाट १३ हजार ६ सय ९९ जनाको मृत्यु भइसकेको छ।

Batas

यस्तै, पाँचौं बढी संक्रमित हुने देश बेलायतमा ३ लाख ६ हजार ७ सय ६१ जना संक्रमित भएका छन् भने ४२ हजार ७ सय ३१ को मृत्यु भएको छ। पेरुमा २ लाख ५७ हजार ४ सय ४७, स्पेनमा २ लाख ४६ हजार ५ सय ४, चिलीमा २ लाख ४६ हजार ९ सय ६३, इटालीमा २ लाख ३८ हजार ७ सय २० र इरानमा २ लाख ७ हजार ५ सय २५ जना संक्रमित भएका छन्।

यस्तै, विश्वभर ४४ लाख ९४ हजार १ सय ९८ जना कोरोना संक्रमणबाट निको भएका छन्।

एजेन्सी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.