www.tandavnews.com
Fact ~ In search of truth

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला ।

व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको सशस्त्र प्रहरी एक महिनापछि नेपाल–चीन सीमा स्तम्भमा पुगेको हो ।

छाङ्गरुमा सशस्त्र प्रहरीको २५ जनाको टोली रहेको छ । सो टोलीले पहिलो पटक सीमा पिलरसम्म गस्ती बढाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका प्रहरी नायब उपरीक्षक दीपक विष्टले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोलीले १ नम्बर पिलरसम्म गस्ती गरेको हो ।

Batas

यही असार ३ गते प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले समेत व्यासको छाङ्गरु बीओपीको निरीक्षण भ्रमण गरेका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.