www.tandavnews.com
Fact ~ In search of truth

थप ६२९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो

पाेखरा ।

पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।यीमध्ये ११० महिला हुन् भने बाँकी ५१९ पुरुष हुन्।

Lama collectio News Middle

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ। हालसम्म २ हजार ३ सय ३८ जना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो। हालसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery