www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार

अर्जुन गाहा
पोखरा,ताण्डव न्यूज ।

पोखरा सभागृहमा नेपालकै ठुलो पोखरा महानगरपालिकाको सातौ नगर सभा सुरु भएको छ । अगाामी १५ गते सम्म सञ्चालन हुने उक्त नगर सभामार्फत आज (बुधबार) आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट ल्याएको छ । महानगरका मेयर मान बहादुर जिसीले नीति तथा कार्यक्रम प्रस्तुत गरे पश्चात उपप्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०७७÷०७८ को लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

उनका अनुसार कोरोना भाईरसका कारण सबै व्यवसाय तथा अन्यत्र क्षेत्रमा प्रभाव परेको भन्दै घरभाडा लगायतका दस्तुर मिनाहा गर्ने बताईन् । उपप्रमुख गुरुङले कर प्रशासनलाई व्यवस्थित गर्न महानगरले अवलम्बन गरेको नीतिमा सम्पत्ति वहालतर्फ ३ महिनाको भाडा छुट दिने बताईन् ।

Batas

महानगरले पोखराको महेन्द्रपुल लगायतका विभिन्न ठाउँमा भाडामा दिदै आएको भवनको भाडा छुट दिने घोषणा गरिन् । उनले महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगत रुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान समेत गरिने बताईन् ।

गुरुङले अन्डरग्राउन्ड पार्किङसहित निर्मित घर तथा भवनहरुको नक्सापास दस्तुरमा एक तलाको राजश्व छुटको व्यवस्था गरिने बताउदै भूकम्प पीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा एक हजार स्क्वायर फिटको दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिने उल्लेख गरिन् ।

उनले पोखरा महानगरपालिका क्षेत्र भित्र पुरातात्विक महत्वका पुराना घरहरु भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने घोषणा गरिन् ।

गुरुङका अनुसार अपांगता भएकाहरु, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तिमा ३ रोपनी भन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिनेछ ।

उपप्रमुख गुरुङले लकडाउन अवधिमा घर धनीहरुले घर भाडा मिनाहा गरेमा सो अवधिको वहाल करमा छुट दिइने समेत जानकारी दिएका थिईन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.