www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमाञ्जल अस्पतालमा उपचाररत स्याङजाका कोरोना संक्रमितको मृत्यु

पाेखरा । 

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज विज्ञप्ति जारी गर्दै जनाएअनुसार पश्चिमाञ्जल क्षेत्रीय अस्पतालको आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुषको गएराति ११.३५ बजे निधन भएको हो।

ती पुरुष गत असार ८ गते अस्पताल भर्ना भएका थिए। उनलाई कोभिड १९, सिभियर निमोनिया तथा डाइबेटिज मेलिटस २ भएको र भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा गएराति निधन भएको अस्पतालले जनाएको हो। कोभिड १९ बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्जल क्षेत्रीय अस्पतालमा भएको यो दोस्रो मृत्यु हो।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.