www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा लफडाकै बिच कोरोना संक्रमितको शव व्यवस्थापन

पाेखरा । 

गएराति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका स्याङ्जा आँधीखोला गाउँपालिका १ सिरुबारीका ५५ वर्षीय पुरुषको निधन भयाे । निधनको खबरपछि पोखरा महानगरपालिकाले पोखरा ३२मा रहेको सेती नदि किनारमा शव व्यवस्थापनको निर्णय गर्यो ।

शव व्यवस्थापनका लागि अाज लैजाँदै गर्दा शवबाहन सहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी जीवन श्रेष्ठले शव लैजाने क्रममा झडप भएको बताए ।

Batas

शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेपछि झडप भएको थियो ।

झडपका वाबजुद नेपाली सेनाले शव व्यवस्थापन गरिसकेको छ ।

यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा झडप भएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.