www.tandavnews.com
Fact ~ In search of truth

कुनै पनि वहानामा शुल्क नउठाउन माग गर्दै नेविसंघ कास्कीको ज्ञापन पत्र

पोखरा ।

नेपाली विद्यार्थी संघ कास्कीले कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्था सुचारू नभएसम्म अवधिको कुनै पनि प्रकारको शुल्क नतिर्न अभिभावकहरूलाई आग्रह गर्दै, कुनै पनि बहानामा कुनै पनि शैक्षिक संस्थालाई शुल्क नऊठाऊन अनुरोध गरेको छ । कोरोना कहरले सबै क्षेत्र परिोलिरहेको अवस्थामा शैक्षिक संस्थालाई पनि शुल्क नलिन आग्रह गर्दै संघले प्याब्सन र एनप्याब्सन कास्कीलाई ज्ञापन पत्र बुझाएको हो ।

संघ कास्कीका निबर्तमान अध्यक्ष बिकास थापाद्वारा हास्ताक्षरीत ज्ञापन पत्रमामा निजी विद्यालय सञ्चालकहरूलाई लकडाउनको अवधिमा कुनै शुल्क नलिन र लिएको शुल्क तत्काल फिर्ता गर्न चेतावनी दिएका छन् । नेवि संघ कास्कीका निबर्तमान सचीव संघर्श कोइराला , सागर रानाभाट, निरोज लामिछाने ,टेनिस श्रेष्ठ ,राजिब भन्डारी, राजन भन्डारी लगाएतको उपस्तिथि रहेको थियो ।

Batas

ज्ञापन पत्र बुझाउँदै कोइरालाले शिक्षा मन्त्रालयले २०७७ वैशाख २२ गते अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि तह वा कक्षामा नयाँ भर्ना नगर्नु, नगराउनु र भर्नाका नाममा वा अनलाइन पठनपाठका नाममा कुनै शुल्क लिने वा बैङ्क खातामा रकम जम्मा गर्न लाउने कार्य नगर्नु भनेर प्रष्ट निर्देशन दिदादिदै पनि प्याब्सन र नेशनल प्याब्सनले यसरी खुला अपिल जारी गरेर अभिभावकलाई शुल्क बुझाउन ताकेता गर्नु उचित नभएको बताए ।

विद्याथीका अभिभावकहरूसँग शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क असुल्ने कुरा नेवि संघलाई कुनै हालतमा मान्य नहुने कुरा प्रष्ट पार्दै उनले कुनै पनि वहानामा शुल्क उठाऊन खोजे चरणवद्द आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.