www.tandavnews.com
Fact ~ In search of truth

जमिन गल्यो : उर्लदैँ नदी, बढ्दै जोखिम

नारायण ढुङ्गाना
काठमाडौँ, रासस ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन÷चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा अनुरोध गरेका छन् । विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ ।

नियमितजसो वर्षा भएकाले मुलुकका खोला, नाला, नदीहरु उर्र्लन थालिसकेको छ । मौसमविद्का अनुसार जमिन गलिसकेको हुँदा थोरै पानीले पनि धेरै असर गर्नसक्छ । यसले बाढी, पहिरो, डुबान र कटानको सम्भावना अधिक हुन्छ । तराई र चुरिया क्षेत्रमा चट्याङ्को पनि उत्तिकै सम्भावना छ ।

Batas

“यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुनसक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउनसक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, मौसमविद् पौडेल भन्छन् , “जमिनको बनावट वरिपरीको क्षेत्र हेरेर सावधानी अपनाउनु जरुरी छ ।”

यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ । विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा यस्तो अवस्थामा अझै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउछन् । पर्वतलगायत केही स्थानमा बाढी पहिरोले मानवीय क्षति भइसकेको सन्दर्भमा तीनै तहको सरकारको समन्वयमा पूर्व तयारी र राहत उद्धारका लागि आवश्यक काम गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने जलविज्ञ सुनिल पोखरेल बताउछन् । “ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी बढेर सतर्कतासम्म पुग्नसक्छ, पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिनसक्छ”, पोखरेलले भने ।

उनका अनुसार कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । ठूला नदीमा बहाव बढ्दो क्रममा रहे पनि आजको मितिसम्म नदीअनुसार दुईदेखि चार मिटरसम्म बहाव तलै रहेको जलविज्ञको भनाइ छ । सीमा क्षेत्र र तराईका खहरे, साना खोला एक्कासी उर्लेर आउने र क्षति पु¥याउने सम्भावना कायमै रहेकाले तीन दिन सतर्कता अपनाउनुपर्ने विज्ञको सुझाव छ ।

सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पु¥याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल मन्त्रालयगत रुपमा जिम्मेवारी छुट्याएर आवश्यक तयारी गरिरहेको बताउछन्। विगतको अनुभवबाट सिकेर धेरै ठाउँमा नयाँ कार्ययोजना बनाई लागू गरिएको र क्षति न्यूनीकरणका लागि पूर्वसूचना र पूर्वतयारीको अवस्थालाई चुस्त पारिएको उनी बताउछन् ।

सूचना प्रणालीको व्यवस्थापनमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, खानी तथा भूगर्भ विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र काठमाडौँले समन्वय गरिरहेको छ । यसको अलावा पूर्वतयारी, पूर्वसूचना प्रणालीको व्यवस्थापन, भइपरी आएका घटनाको सामना गर्न आवश्यक बन्दोबस्ती र जनशक्तिको व्यवस्थापन गर्दै क्षतिको न्यूनीकरणमा समेत गृहमन्त्रालयले आवश्यक तयारी गरेको छ । प्राधिकरणका अनुसार यसपटक डुबान, कटान, बाढी, पहिरो र पानीजन्य रोगका कारण झण्डै ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ आवश्यक पूर्वतयारी गरिएको छ ।

नेपालमा मनसुनजन्य प्रकोपका कारण वार्षिक झण्डै एक हजार मानिसले ज्यान गुमाउँछन् । जल प्रकोपका कारण हुने मृत्युका हिसाबले नेपाल दक्षिण एशियामा नै सबैभन्दा उच्च जोखिम पर्छ ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.