www.tandavnews.com
Fact ~ In search of truth

भण्डारीले धरातलीय यथार्थअनुरुप विचार दिएः अधिकारी

पाेखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जननेता मदनकुमार भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनलाई नेपालबाट नयाँ शिराबाट उठाएको बताएका छन् । जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्ती तथा दोस्रो राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा पार्टी गण्डकी प्रदेशका सहइञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य अधिकारीले नेपालको कम्युनिष्ट राजनीतिमा भण्डारीले धरातलीय यथार्थअनुरुपको दूरदर्शी विचार दिएको बताए ।

प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले १९९० को दशकमा सोभियत सङ्घलगायत पूर्वी युरोपका धेरै मुलुकमा समाजवादी व्यवस्था ढलिसकेपछि भण्डारीले नेपालको भूगोल र जनताको चेतनास्तरअनुरुप धरातलीय यथार्थअनुरुप जनताको बहुदलीय जनवादको प्रतिपादन गरेको बताइन् ।

Batas

पोखरा–३३ र २१ मा पर्ने रवीन्द्र स्मृति उद्यान र सर्माने ढुङ्गामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय श्रीनाथ बराल र सीता गिरी, केन्द्रीय सदस्य एवम् पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, नेकपा कास्की अध्यक्ष एवम् प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, नेकपा कास्की जिल्ला कमिटी सदस्य झपट रानाभाटलगायतले नेकपालाई अझै सुढृढ एकताका साथमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सो अवसरमा वरपीपल, समी, अशोक, कल्चालगायत करीब दुई सय ५० बिरुवा रोपिएको कास्कीका सचिवालय सदस्य दामोदर वैरागीले जानकारी दिए ।
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.