www.tandavnews.com
Fact ~ In search of truth

बढ्यो सुनको भाउ

काठमाडौँ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आज अप्रत्याशित रुपमा बढेको छ ।

आज बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु ९१ हजार ३०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु ९० हजार ८६० निर्धारण गरिएको छ ।

Batas

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको तुलनामा चाँदीको मूल्यमा रु पाँचले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य रु ९४५ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.