www.tandavnews.com
Fact ~ In search of truth

हेम्जा घाट प्रकरण : अज्ञात ब्यक्तिबाट सम्पादकलाई धम्की

पाेखरा
ताण्डव न्यूज ।

यहि असार १२ गते शुक्रबार ताण्डव न्यूजले ‘वर्षौदेखि थापाको कब्जामा हेम्जाको सहस्रधारा घाट’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । सोही समाचारको आधारमा पोखरा महानगरपालिकाले आज (आइतबार) घाट बन्द गर्न पत्रचार गर्यो ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरलाई बोधार्थ उल्लेख गर्दै पत्र पठाएपछि घाट बन्द भयो । ताण्डव समाचार प्रभाव : हेम्जाको घाट तत्काल बन्द गर्न महानगरको पत्र दाेस्राे समाचार प्रकाशन गरियाे । समाचारकै कारण घाट बन्द भएको रिसमा ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीलाई एक अज्ञात ब्यक्तिले आज साँझ ६ः२५ बजे ९८१९१४५८४३ नं को फोन मार्फत धम्की दिएका हुन् ।

Batas

सम्पादक गिरीले पटकपटक उनलाई आफ्नो परिचय दिन आग्रह गर्दा धम्की दिए । धम्की दिँदै उनले भने, ‘समाचार लेखेर घाट बन्द गर्नुभयो, धन्यवाद छ । तर, महानगरपालिकाले हामीले तिरेको राजश्व फिर्ता गरेन भने तपाइको मिडियाको क्यामेरा खोसेर असुल गर्छु ।’ त्यसपछि ति ब्यक्ती सम्पर्कमा आएनन् ।

असार १२ गते स्थलगत रिपोर्टिङ गरिरहँदा ठेकेदार रामचन्द्र थापाले फोन गरेर घाटबाटै पालिएका गुण्डा समेत डाकेका थिए । जुन कुरा ताण्डव न्यूजले आफ्नो समाचारमा उल्लेख गरिसकेको छ ।

ताण्डव न्यूजले तथ्यमा आधारीत रहेर स-प्रमाण समाचार लेख्दै आएको छ । तथ्यका आधारमा समाचार लेख्दा आइपर्ने जस्तोसुकै चुनौतीलाई सामना गर्दै अघि बढ्ने सम्पादक गिरीले बताए ।

यस विषयमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले ताण्डवले गर्दै आएको निर्भिक पत्रकारितामा सधैं महासंघको साथ रहने बताए । ताण्डवको कार्यलाई प्रशंसा गर्दै श्रेष्ठले यसरी नै निडर भएर कलम चलाउन आग्रह गरे ।

सम्बन्धीत न्यूज

ताण्डव समाचार प्रभाव : हेम्जाको घाट तत्काल बन्द गर्न महानगरको पत्र

कानुन लत्याउँदै वर्षाैँदेखि हेम्जाको घाटमा ‘थापा राज’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.