www.tandavnews.com
Fact ~ In search of truth

टरिगाउँ विमानस्थलमा ‘पाइलट’ विषय अध्ययन हुने

तुलसीपुर ।

दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ ।

उक्त विमानस्थलमा अन्तरराष्ट्रियस्तरबाटै पाइलट ल्याएर दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए । अहिले अध्ययन पूरा भएकाले आवश्यक काम अघि बढाउन उपमहानगरपालिकाले पहल गरेको जनाइएको छ । विमानस्थलको स्तरवृद्धि गर्ने कार्य पनि अघि बढाइएको उनको भनाइ छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विमानस्थलको स्तरवृद्धि, थप उडान विस्तार र इन्धन डिपो स्थापनाका लागि पहल गर्न रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

Batas

सङ्घीय सरकारले यस वर्ष घोराहीको नारायणपुरमा आन्तरिक विमानस्थलका लागि बजेट विनियोजन गरेको छ । टरिगाउँ एयरपोर्टमा आवश्यक बजेट विनियोजनका लागि पहल भइरहेको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले बताए । टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तारका लागि करीब रु २० करोड आवश्यक पर्ने भएकाले उक्त बजेट केन्द्र सरकारले विनियोजन गरेमा ठूला जहाज बस्न सक्ने उनको भनाइ छ । “हामीले जसरी पनि टरिगाउँ एयरपोर्टको स्तरवृद्धि गर्नुपर्छ, त्यसका लागि नियमित रुपमा केन्द्रमा पहल गरिहेका छौँ”, उनले भने , “ स्तरवृद्धि गरिएपछि नियमित र सहज उडान हुन्छ । यस विषयमा मैले राष्ट्रियसभामा पनि कुरा उठाएको छु, दाङका सांसदहरुले सामूहिक रुपमा पर्यटनमन्त्रीलाई दवाव पनि दिएका छन् ।”

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.