www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी बैंकद्धारा पोखरा ९ लाई सहयोग हस्तान्तरण

पोखरा
ताण्डव न्यूज ।

महालक्ष्मी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं ९ लाई सहयोग हस्तान्तरण गरेको छ । बैंकका न्यूरोड शाखाका प्रबन्धक गणेश प्रसाद आचार्यले पोखरा-९ का अध्यक्ष रामराज लामिछानेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम अन्तर्गत बैंकले वडालाई कोभिड १९ को विषम् परिस्थितीमा केही सहज होस् भन्ने हेतुले ५० हजार रुपैयाँ सहयोग गरेको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि बैंकले यसअघि चार लाख गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको थियो ।

Batas

बैंकले नेपालभर १ सय २ र गण्डकीमा ९ शाखा मार्फत वित्तिय सेवा दिँदै आइरहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.