www.tandavnews.com
Fact ~ In search of truth

बहिनी जिस्क्याएको निहुँमा कुटपिट, दुई घाइते

तनहूँ ।

आफ्नो बहिनीलाई जिस्क्याएको निहुँमा यहाँका एक युवकले दुई युवकलाई कुटपिट गरी सख्त घाइते बनाएका छन् ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जिस्क्याएको भन्दै सोही स्थान निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कुटपिट गरी घाइते बनाएका हुन् । कुटपटिबाट घाइते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कुटपिट गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यस्तै, आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अचानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया पत्नी मोतीमायाको ज्यान गएको हो । करेन्ट लागेर सख्त घाइते भएकी पन्तको उपचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

Lama collectio News Middle

त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

डुबेर गम्भीर घाइते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चिकित्सकले मृत घोषणा गरेको उनले बताए । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घाइते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौडी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...