www.tandavnews.com
Fact ~ In search of truth

सङ्घीय संसदकाे हिउँदे अधिवेशन अन्त्य

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेदेखि सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेकि छन् । मन्त्रिपरिषद्को आजको बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले एक सूचनामार्फत अधिवेशन अन्त्य भएको जनाएको छ । कोरोनाको कहरबीच वर्षे अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र संविधान संशोधनलगायत महत्वपूर्ण काम सम्पन्न गरेको छ । विषमावस्थामा समेत जनताका दैनिक जीवनसँग जोडिएका विविध विषयमा छलफल भई सङ्घीय संसद्ले सरकारलाई दिशा निर्देश गरेको छ ।

Batas

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.