www.tandavnews.com
Fact ~ In search of truth

दुर्व्यवहार आरोपमा वडाध्यक्ष पक्राउ

कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा मदिरा सेवन गरी महिलामाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि दुव्र्यवहार गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताए । “थप कुरा बुझ्न बाँकी रहेको छ”, उनले भने, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।”

Batas

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई अपशब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले दुव्र्यवहार गरेको स्थानीयको आरोप छ । घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्षले महिलालाई दुव्र्यवहार गरेको भन्दै आक्रोषित स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नाराबाजी गरेका थिए । महिलामाथि कुनै किसिमको दुव्र्यवहार नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.