अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज ।
कोरोना भाईरसको संक्रमण न्यूनीकरणका लागि सरकारले औषधि तथा विभिन्न स्वस्थ्य सामाग्री खरिदमा गरेको आर्थिक अनियमितता तथा विभिन्न क्षेत्रको भ्रष्टचारको विरुद्धमा आवाज उठेपछि पोखरेली दि इन्फ्लेम व्याण्डले ‘लेगल ग्याङस्टार्स’ नामक म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
पछिल्लो समय कोरोना कहरका कारण अस्तव्यस्त बनेको हरेक नेपालीको दैनिकी र तितो यथार्थमा आधारित उक्त भिडियो व्लेस्ड प्रोडक्शन नेपालको अफिसियल युट्युब च्यानलमार्फत बिहिबार सार्वजनिक गरेको हो ।
‘यो गीतमा कोरोनाको विषयलाई लिएर वितरण भएका राहातको सवाललाई पनि समावेश गरेका छौ, सो भिडियोका सिनेम्याटोग्राफर अनुप गुरुङले भने, ‘लकडाउनको समयमा सरकाले उठाउन खोजेको कर जस्ता विषयलाई समेत समेटेका छौ ।’
गुरुङले छिमेकी राष्ट्र भारतले अतिक्रमण गरेको सीमाको विषय, मिडियाले प्रस्तुत गर्ने फेक हेडलाईनको प्रभाव, शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप तथा दमन, देशमा हुनेगरेका बलात्कार तथा हत्याका घटना लगायतका विषयलाई केन्द्रमा राखेर उक्त म्यूजिक भिडियो निर्माण गरिएको बताए ।
उनका अनुसार प्रवेशमान गायकको शब्दमा रुवेन जलारीले संगीत भरेका छन् भने आवाज स्वयम् प्रवेशमानले दिएका छन् । अनुप गुरुङले सम्पादन गरेको उक्त भिडियोको निर्देशन जोनी पुनले गरेको निर्माण टोलीले जनाएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।