www.tandavnews.com
Fact ~ In search of truth

आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौँ ।

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन् ।

Batas

अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.