www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ : पहिरोमा चौपाया पुरिए, घर जोखिममा

बागलुङ ।

गए राति खसेको पहिरोले गोठ भत्किँदा चार चौपाया मरेका छन् । गलकोट नगरपालिका–११ रिघा, फेँदीका किसान दलबहादुर कुमालले पालेको भैँसी, गाई, गोरु र बाच्छी पहिरोमा पुरिएको वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

उनका अनुसार भैँसी र गाई ब्याउने थिए । प्रहरी मुचुल्कापछि रु दुई लाख ४० हजार ५०० को क्षति अनुमान गरिएको वडाध्यक्ष श्रीसको भनाइ छ । गोठदेखि अलि पर रहेको घरमा भने कुनै क्षति हुन पाएन । “वस्तुभाउको क्षति भयो, पीडित किसानलाई वडाले पनि केही राहत दिन्छ, नगरपालिकालगायत सम्बन्धित निकायमा पनि पहल गर्छौं”, वडाध्यक्ष श्रीसले भने ।

Lama collectio News Middle

सोही स्थानमा गएको अर्को पहिरोले तेजबहादुर कुमाल, डोलेन्द्र राना र चित्रबहादुर रानाको घर जोखिममा परेको जनाइएको छ । मध्यपहाडी लोकमार्गको माथि र तल पहिरो गएपछि त्यहाँका अन्य बासिन्दासमेत त्रसित छन् । पहिरोले लोकमार्ग पनि अवरुद्ध भएपछि डोजर लगाएर खोल्ने प्रयास भइरहेको छ । रिघाको तल्लोपट्टि भिरालो जमिनमा रहेका बस्ती वर्षायाममा जहिल्यै जोखिममा पर्ने गरेको वडाध्यक्ष श्रीसको भनाइ छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...