पोखरा
ताण्डव न्युज
गत जेठ ३१ गते पर्वत दुर्लुङमा गएको पहिरो पुरिएर ज्यान गुमाउने परिवारको लागि राहत रकम उठ्ने क्रम जारी रहेको छ । यसैबीच कलाकार कृष्ण सुवेदीको पहलमा पहिरो पिडित परिवारलाई शनिबार एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरियो ।
दुर्लुङमै जन्मिएका सुवेदीले जनकल्याणकारी संस्था जापानको सहयोगमा रकम हस्तान्तरण गरेका हुन । ज्यान गुमाउने तथा भौतिक क्षति हुने परिवारलाई राहत रकम हस्तान्तरण गर्ने क्रममा अमरबहादुर थापाको परिवारलाई ४० हजार रुपैयाँ, बिकास बिक ४० हजार रुपैयाँ, भुवन गिरि १० हजार रुपैयाँ, गरि ९० हजार र दुर्लुङ कोलप्रि स्थित टिका शर्माकि धर्मपत्नि सिता शर्माकाे दुबै मृगौला फेल भएकाे हुँदा उपचारका लागि १० हजार रुपैयाँ सहयाेग गरिएकाे सुवेदीले जनाए ।
दुर्लुङ वडा नम्बर ३ का अध्यक्ष तेजप्रसाद पाध्याको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक बालकृष्ण शर्माले गरेका थिए ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।