www.tandavnews.com
Fact ~ In search of truth

पत्रकार पाठकलाई खेलकुद पत्रकारिता सम्मान

पाेखरा । 

युवा तथा खेलकुद मन्त्रालयले पत्रकार केशव पाठकलाई खेलकुद पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । साढे २ दशकदेखि खेलकुद पत्रकारितामा क्रियाशील पत्रकार पाठक पोखराबाट सो पुरस्कारको लागि छनोट हुने पहिलो हुन् ।

संघीय मन्त्रालयअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले आफूलाई पुरस्कार लागि योग्य ठह¥याएकोमा आफूलाई खुसी लागेको भन्दै उनले यो सम्मान समग्र पोखरा क्षेत्रको सम्मान भएको बताए ।

काठमाडौंमा सोमबार दिउँसो सिहंदबारस्थित मन्त्रालयमा आयोजित समारोहमा पत्रकार पाठकसहित देशभरका ४ जना पत्रकारलाई सम्मान गरिने कार्यक्रम छ ।

Lama collectio News Middle

उनीहरुलाई जनही ५० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिने मन्त्रालयका उपसचिव गणेशप्रसाद पौडेलले जनाए । खेलकुद पत्रकारितामा क्रियाशील रहेर समग्र खेलकुदको विकासमा योगदान पु¥याएको कदरस्वरुप मन्त्रालयले हरेक वर्ष पत्रकारलाई सो पुरस्कार प्रदान गर्दै आएको छ ।

२०५९ सालमै पोखरामा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका संस्थापक सचिव उनी निवर्तमान अध्यक्ष समेत हुन् ।

गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद साग प्रतियोगितामा पोखरा भेन्यूको लागि प्रचार तथा प्रकाशन उपसमिति संयोजक भई महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip