www.tandavnews.com
Fact ~ In search of truth

रोटरी मिडटाउनको पदस्थापन सम्पन्न, अध्यक्षमा जयमोहन

पोखरा ।

रोटरी क्लब अफ पोखरा मिडटाउनको १९ औ पदस्थापन समारोह गत शनिबार पोखरामा सम्पन्न भएको छ । पदस्थापन सम्पन्न भएपछि औपचारीक रुपमा क्लबको बर्ष २०२०÷२१ को अध्यक्षको जिम्मेवारी रो. जयमोहन भट्टराइले सुरु गरेका छन् ।

कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष प्राध्यापक विनोद प्रसाद हेजुले आफ्नो कार्यकालमा भएका क्रियाकलापको जानकारी दिदै क्लबमा भातृत्व र प्रेम बढाउने क्रियाकलापहरु मात्रै नभई समाजिक सेवामा समेत उल्लेख्य योगदान गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

Batas

प्राध्यापक हेजुले आफ्नो कार्यकालमा स्वास्थ्य शिबीर, बृक्षारोपणका अलावा तालबेसीमा चौरासी लाख रुपयाँको लागतमा खानेपानी योजना सम्पन्न गर्न पाएको र पचहत्तर लाख रुपैयाँको लागतमा आर्वाको अमरज्योती विद्यालयको ४ कोठे विद्यालय भवन र खानेपानी योजना सम्पन्न गर्न पाएकोमा समेत खुसी व्यक्त गरे । त्यसैगरी अर्का अध्यक्ष जयमोहन भट्टराइले ग्लोबल ग्रान्ट अन्र्तगत यस बर्ष हिमालयन आँखा अस्पताललाई चौरान्नब्बे लाख रुपैया बराबरको ओसीटी एन्जीयोग्राफी मेसीन हस्तान्तरण गर्न लागेको र रोटरी क्लबहरुको संयोजनमा गण्डकी अस्पतालमा चार करोड पचहत्तर लाख रुपैयाँ बराबरको क्याथ ल्याब मेसीन हस्तान्तरणको कार्यक्रम रहेको समेत जानकारी गराए ।

कार्यक्रममा विशिष्ट अतिथिको मन्तब्य राख्दै सर्वोच्च अदालतका न्यायधिक माननिय डा. आनन्न मोहन भट्टराइले रोटरीको समाज सेवाको काम सुन्दा खुसी लागेको बताए भने अर्का विशेष अतिथी रोटरीका पूर्व गर्भनर किरणलाल श्रेष्ठले पोलियो पछि अव रोटरी निरक्षरता उन्मुलनमा विशेष केन्द्रीत रहने बताए ।

कार्यक्रमका प्रमुख अतिथी रोटरीका डिष्ट्रिक्ट गर्भनर इलेक्ट सन्तोष रिजालले कोभिड कहरको बेला रोटरीको सेवाको अझ बढी महत्व रहने हुँदा रोटरीयनहरुलाई थप सेवामा लाग्न समेत हौस्याए ।

सोही समारोहमा बर्ष २०२०/२१ को बोर्डको समेत घोषणा तथा सपथ ग्रहण कार्यक्रम भएको थियो । मिडटाउनको प्रेसिडेन्ट इलेक्टमा दीलिप शर्मा, उपाध्यक्ष प्रथम रविन्द्र बाँस्तोला, उपाध्यक्ष द्धितिय शान्तराज बतास, सचिवमा उपेन्द्र पौडेल, कोषाध्यक्षमा संगीता तिमील्सीना, सहसचिवमा नवराज तिवारी तथा डाइरेक्टरहरुमा पुरण कुवँर महेन्द्र गोदार, शान्ति शिरीष थापा र सोनी ढेवाजू रहेका छन् ।

कार्यक्रममा क्लबमा नयाँ प्रवेश गरेका सदस्यहरु विकास अधिकारी र जिवन भण्डारीको इन्डक्सन कार्यक्रम असिस्टेन्ट गर्भनर तेजनाथ न्यौपानेले सञ्चालन गर्नुभएको थियो भने पढाइमा विशिष्ट स्थान हासिल गरेका नन्दीता तिवारी, डा. दिपा शर्मा, प्रख्यात हेज्यू र प्रज्वल गोदारलाई सम्मान समेत गरीएको थियो ।

रोटरी पोखरा मिडटाउनले प्रत्येक बर्ष निकाल्ने रोटरी इमेज नामक मुखपत्रको विमोचन समेत प्रमुख अतिथीबाट गरिएको कार्यक्रममा डा. पविन थापा पूर्व अध्यक्षहरु माइकल कर्माचार्य, सुन्दर गुरुङ, रामचन्द्र पौडेल, केशव आचार्य, रत्नमान गुरुङ तथा बुद्धदेब गिरीले मन्तब्य राखेको कार्यक्रमका संयोजक पूर्व अध्यक्ष सन्तोष पोखरेलले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.