www.tandavnews.com
Fact ~ In search of truth

हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध

भीमदत्तनगर ।

कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पु¥याएको छ । आइतबार बेलौरी नगरपालिका–८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित अवरोध पु¥याएको वडाध्यक्ष नन्दकुमार रानाले बताए ।

“आफ्नै भूमिमा सडक बनाउँदा पनि भारतीय आएर सीमा विवाद भन्दै अनावश्यक झमेला गरेर सडक अवरोध गरे”, वडाध्यक्ष रानाले भने  “यसअघि पनि उक्त क्षेत्रमा भारतीय थिचोमिचो रहँदै आएको छ ।” उक्त क्षेत्रको निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले अवरोधका कारण दुई दिनदेखि सडक निर्माण अघि बढ्न नसकेको जनाएको छ ।

Batas

“जीपीएस नक्साबाट सडक निर्माणस्थल भारतको भूमिमा पर्ने दाबी भारतीय पक्षको छ”, रानाले भने , “यहाँ धेरै ठाउँमा भारतले नेपाली भूमि कब्जा गरेको अवस्था छ ।” शसस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले सडक अवरोधका विषयमा मङ्गलबार छलफल गरेर समाधान खोजिने बताए ।

कञ्चनपुरको डोकेबजार–बेलौरी, बेलौरी बेल्डडाँडी र बेल्डाँडी दैजी खण्डमा विभाजन गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेको छ । हुलाकी सडक योजना कार्यालय धनगढीका इञ्जिनीयर पद्मबहादुर मडैले उक्त क्षेत्रमा यसअघि पनि सडक निर्माणका क्रममा भारतीय पक्षले अवरोध गरेको बताए ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.