www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना : संक्रमितकाे संख्या १ करोड १५ लाख नाघ्याे, ६२ लाख बढी निकाे भए

एजेन्सी ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या १ करोड १५ लाख ७९ हजार ८ सय ३७ पुगेको हो। संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ८ सय १४ पुगेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ३१ हजार १ सय ४२ संक्रमित पुगेका छन् भने १ लाख ३० हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ। यस्तै, ब्राजिलमा १६ लाख २३ हजार २ सय ८४ संक्रमित र ६५ हजार ४ सय ८७ मृत्यु, रुसमा ६ लाख ८६ हजार ७ सय ७७ संक्रमित र १० हजार २ सय ७१ को मृत्यु तथा भारतमा ६ लाख ९७ हजार ४ सय १३ र १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ।

Batas

विश्वभर कोरोनाबाट निको हुनेको संख्या ६२ लाख ६९ हजार ८ सय ६० पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.