www.tandavnews.com
Fact ~ In search of truth

गुल्मी : पहिराेमा फसेकी महिलाको १८ घण्टापछि उद्धार

तम्घास ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।

उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए । खेतबारीको मकै लिन गएकी उनी फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् । एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

Batas

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.