www.tandavnews.com
Fact ~ In search of truth

प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन

पोखरा ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरिएको छ । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।

सदस्यमा कुमार खड्का, कृष्ण थापा, गायत्री गुरुङ, कृष्णबहादुर थापा, मणिभद्र शर्मा, मायानाथ अधिकारी, मोहनप्रसाद रेग्मी, रामजीप्रसाद बराल (जीवन), आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र हरिशरण आचार्य रहेका छन् । समितिले विधायन समितिमा रहने एक जनालाई सदस्यमा मनोनीत गर्ने जनाइएको छ । प्रस्तावको सदस्य ओमकला गौतमले समर्थन गरेका थिए ।

Batas

बैठकमा प्रदेश विकास समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सामाजिक न्यायसहितको तीव्र र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न प्रदेशका विकास योजना तथा भाषा, संस्कृतिलगायत सामाजिक क्षेत्रको विकास कार्यलाई शीघ्र र व्यवस्थित रुपमा सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले विधेयक प्रस्तुत गरिएको बताए । आजको बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन प्रदेशसभामा प्रस्तुत गरे ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.