www.tandavnews.com
Fact ~ In search of truth

मादी किनारमा रातमा नदीजन्य सामाग्रीको धन्दा, तीन ट्र्याक्टर नियन्त्रणमा

दमौली ।

अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१० बैरेनीस्थित मादी नदी किनारमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन गरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्र्याक्टरलाई आवश्यक कारवाहीका लागि नगरपालिकामा पठाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । प्रहरीले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको छ ।

Lama collectio News Middle

प्रहरी नायब उपरीक्षक तिमिल्सिनाका अनुसार विभिन्न स्थानमा अवैधरूपमा भइरहेको प्राकृतिक स्रोत दोहनका लागि विशेष अभियान चलाइएको छ । प्रहरीले पछिल्लो एक साताको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लुकीछिपी अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

व्यास–५ स्थित साँगेखोला बगरबाट एक ट्र्याक्टर, शुक्लागण्डकी नगरपालिका–२ बाट दुई ट्र्याक्टर, आँबुखैरेनी गाउँपालिका–१ बाट एक ट्र्याक्टर र भानु नगरपालिकास्थित मस्र्याङ्दी नदीबाट एक ट्र्याक्टर नियन्त्रणमा लिएर कारवाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip