www.tandavnews.com
Fact ~ In search of truth

कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ ।

रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ । कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताए ।  रासस
–––

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.