www.tandavnews.com
Fact ~ In search of truth

बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

भीमदत्तनगर ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए । प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि बालिकाका सहोदर दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।

Batas

“बालिकासँगै उनीका दाजुसँगै खोलामा नुहाउन गएका थिए ।” उनले भने , “खोज्दै हिँडेका भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ ।” उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.