www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा मास्क नलगाउनेलाई सुरु भयो कारवाही

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज।

कास्कीमा मास्क प्रयोग नगरी अनावश्यक हिडेका २० जनाले आज (बिहिबार) जरिवाना स्वरुप जनही सय रुपैया तिरेका छन् । मास्कको प्रयोग नगर्ने व्यक्तिहरुलाई कारवाही गर्न गृह मन्त्रालयबाट परिपत्र जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले कारवाही स्वरुप जनही १ सय रुपैया जरिवाना असुलेको हो ।

कोनोना भाईरस न्यूनीकरणका लागि न्यूनतम सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगरी अनावश्यक हिडडुल गर्ने व्यक्तिहरुलाई कारवाही गर्ने गरि चेकजाँज कडाई पारिएको बताउदै आज २० जनालाई नियन्त्रणामा लिई जिल्ला प्रशासन कार्यालयमा बुझाएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सुवास हमालले ताण्डव न्यूजलाई बताए ।

Batas

उनका अनुसार हिजो (बिहिबार) रामबजार, पृथ्वीचोक तथा एयरपोर्ट क्षेत्रबाट मास्क प्रयोग नगरी अटेर गर्ने २१ जनालाई कारवाही गरिएको थियो ।

डिएसपी हमालले सरकारको आदेश (अनिवार्य मास्क प्रयोग गर्नुपर्ने) पालना नगर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम १ सय रुपैया वा एक महिना कैद वा दुवै सजाय हुन सक्ने बताए । ‘केसको प्रकृति हेरेर कारवाही हुन्छ, प्रवक्ता हमालले भने, ‘आफुलाई कोरोना छ भन्ने थाहा हुदाहुदै मास्क नलाई हुलमा गएर अरुलाई सार्ने जस्तो जटिल अपराध गर्नेलाई दुवै सजाय हुन्छ । यो केस सिडीओबाट हेरिन्छ । हामीले नियान्त्रणमा लिएर बुझाउने हो ।’

उनले कोरोना न्यूनीकरणको लागि फ्रन्ट लाईनमा खटिएका र सरकारको आदेश पालना गराउन खटिएका कर्मचारीहरुलाई समेत बाधा गर्ने गराउनलेलाई समेत कारवाही हुने बताए ।

‘नेपाल प्रहरी हुनसक्छ, आर्मी, सशत्र प्रहरी, नगरपालिकाका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुहरुका विरुद्धमा र उनीहरुलाई कर्तव्य निभाउन नदिएमा ६ महिना कैद वा ६ सय रुपैया जरिवाना अथवा दुवै सजाय हुन सक्छ ।’ डिएसपी हमालले भने ।

उनले कोरोना संक्रमणको जोखिम न्यनीकरणका लागि सबै सचेत हुनुपर्ने बताउदै अनिवार्य मास्कको प्रयोग गर्न, न्यूनतम सामाजिक दुरी (दुई मिटर) कायम गर्न, र अनावश्यक जमघटमा नगर्न सुझाब दिए । ‘यो समयमा हामी सबै मिलेर कोरोना न्यूनीकरणमा लाग्नुपर्छ, उनले भने, ‘जनतालाई सचेत गराउन मिडियाको भुमिका पनि उत्तिकै रहेको हुन्छ र सर्वसाधारण आफैपनि सचेत हुनुपर्छ । र अनावश्यक रुपमा लकडाउनको उल्लङ्घन गरी बाहिर निस्कनु राम्रो होईन ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.