www.tandavnews.com
Fact ~ In search of truth

‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण

काठमाडौँ ।

भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री प्रशारण भएकोप्रति काउन्सिलले समकक्षी ‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष गम्भीर सरोकार राखेको कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै प्रेस काउन्सिलले अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने दुई अनलाइनलाई कारवाही गरेको छ । काउन्सिलले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी झुठो समाचार सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर.कम’ लाई बन्द गरेको छ ।

Batas

त्यसैगरी निरन्तर अश्लील पोष्ट सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द गरिएको छ । पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा अश्लील पोष्ट सम्प्रेषण गर्ने तर सच्चिन तयार नहुने भएपछि काउन्सिलले कारवाही गरिएको अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्यूज पोर्टलको सङ्ख्या १०० पुगेको छ ।

रासस
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.