www.tandavnews.com
Fact ~ In search of truth

इन्काउन्टरमा मारिए ८ प्रहरीको हत्या गर्ने विकास दुबे

एजेन्सी ।

आफूलाई पक्राउ गर्न आएका डिएसपी सहित ८ प्रहरीको हत्या गरेका भारतीय राज्य उत्तर प्रदेश, कानपुरका गुण्डा नाइके विकास दुबे प्रहरी इन्काउन्टरमा शुक्रबार मारिएका छन्।

भारतीय संचारमाध्यमले दुबेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको भारतीय संचारमाध्यमले दाबी गरेका छन्।

Batas

दुबेलाई लिएर आउने क्रममा सो गाडी कानपुर नजिक दुर्घटनामा परेको थियो।

असार १८ गते आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीलाई दुबेको समूहले जेसिबीले बाटो छेकेर हमला गर्दा घटनामा एक डिएसपी, तीन सब-इन्सपेक्टर र चार कन्स्टेबल मारिएका थिए।

हत्यापछि फरार रहेका दुबेलाई बिहीबार प्रहरीले मध्य प्रदेशको उज्जैन जिल्लाको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.