www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी पहिराेमा ३२ जना हराए, उद्दारमा अवराेध

पोखरा

ताण्डव न्यूज ।
म्याग्दीका विभिन्न ठाउँमा पहिराेमा परेर ३२ जना बेपत्ता भएका छन् । धाैलागिरि, मालिका र मंगला गाउँपालिमा खसेकाे पहिराेमा ३२ जना हराइरहेकाे म्याग्दी प्रहरीले जानकारी दिएकाे छ ।

धाैलागिरीकाे मराङमा मात्र २२ जना पहिराेमा हराइरहेकाे म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजङ कुँवरले जानकारी दिए । ‘धाैलागिरिकै ताकममा २ जनाकाे ज्यान गइसकेकाे खबर आएकाे छ,त्यहाँका जनप्रतिनिधिबाट । मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेकाे खबर आएकाे छ,’ डिएसपी कुँवरले भने, ‘मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेकाे खबर आएकाे छ ।’
ठाउँ-ठाउँमा पहिराे खसेर बाटाे छेकेका कारण उद्दारमा जानसमेत अबराेध भएकाे उनले जानकारी दिए । उनकाअनुसार दरबाङ र सिमचाैर भन्ने ठाउँमा एउटा टाेली राेकिएकाे छ । बागलुङबाट बिपत् ब्यवस्थापन टाेली, सशत्र, सेना, प्रहरी र जनप्रतिनिधि उद्दारमा गइरहेका छन् तर पहिराे छिचाेल्न समस्या परेकाे छ ।

Batas

गाडी जान सक्ने अवस्था छैन । पहिराेकाे बीचमा फसेका अरू सिंगा ताताेपानीबाट २ जनालाई उद्दार गरिएकाे उनले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.