www.tandavnews.com
Fact ~ In search of truth

बारेकोटमा घर बगाउँदा १२ जना बेपत्ता

जाजरकोट ।

बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन छन् ।

त्यस्तै अर्को घरका मूली कालु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला र छ वर्षीय छोरा सुवास छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट– ४ का सचिव डम्बर पुनले जानकारी दिए । घटनास्थलमा तीन ठाउँबाट प्रहरी जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए।

Batas

त्यस्तै वडा नं ५ को खर्क तेलचउरेमा रहेको धान खेत पहिराले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । पानी नियमित परिरहेकाले सम्पर्क गर्न समस्या भएको बताइएको छ ।

रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.