www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १३ : कमलपोखरी क्षेत्रका २५ बढी घर डुबानमा

पोखरा

ताण्डव न्यूज ।

अविरल वर्षाका कारण महानगरपालिका वडा नं. १३ स्थित कमल पोखरी क्षेत्रका २५ बढी घर डुबानमा परेका छन् ।
जल तथा मौसम विभागको तथ्याङ्क अनुसार पोखरामा अत्याधिक वर्षा भएसँगै पोखराको कमलपोरी क्षेत्र डुबानमा परेको हो ।
‘त्यो ठाउँ हरेक वर्ष डुबानमा पर्छ । अहिले २५ बढी घर डुबानमा परेको बुझिएको छ, पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले ताण्डव न्यूजसँग भने, ‘यो वर्ष अलि बढि नै डुबेको छ । यसको व्यवस्थापनलाई तल काँहुखोलादेखी लामो संरचना बनाउनुपर्छ । हामी पहल गर्दै छौ । ४०–५० करोडको लागत लाग्ने भएकाले माथिल्लो निकायसँग कुरा गर्दैछौ ।’
वडाअध्यक्ष लामाका अनुसार नीजि घर तथा व्यावसायिक फर्महरु र पार्किङमा राखिएका सवारी साधनहरु डुबेका छन् । उनले मानवीय क्षति नभएको बताउदै भने, ‘त्यो क्षेत्रका सबै राम्रै व्यक्तिहरुको बसोबास छ । त्यस्तै कमजोर छैन । सामान्य हिडडुल गर्न कठिनाई मात्रै हो पानी रोकिएसँगै पानी बगेर जान्छ ।’
यता, इतिहास बोकेको कमल पोखरी वर्षेनी हुने अविरल वर्षाका कारण डुबानमा पर्ने भन्दै सम्बन्धित निकायले त्यसको संरक्षणमा पहलकदमी नगरेको भन्दै गुनासो गर्दै आएका छन् ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.