www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-१९ : लामाचौर-भुर्जुङखोला सडकखण्ड पहिरोका कारण अवरुद्ध

पोखरा

ताण्डव न्यूज ।
पोखरा महानगरपालिका १९ स्थित लामाचौर– भुर्जुङखोला, पुरुन्चौर जोड्ने सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भएको छ । लामाचौर नजिकै बेशीचोकमा अविरल वर्षाका कारण सडक भत्काएपछि सवारी आवागमनमा कठिनाई भएको स्थानिय सुजन आचार्यले ताण्डव न्यूजलाई बताए । उनका अनुसार पक्की सडकको केही अंश बाहेक भत्किएको छ । ‘ठुलो बस नै जाने बाटो हो, अहिले पहिरो गएर सडक अवरुद्ध भएको छ, आचार्यले भने, ‘मोटरसाईकल छिर्ने भएपनि अहिले पूर्ण रुपमा बन्द गरिएको छ ।’
उनले सो सडक भत्किएपछि कास्कीको उत्तरी भेग लामाचौर हुदै पुरुन्चौर, भुर्जुङखोला, तातोपानी, घाचोक लगायतका स्थानका सर्वसाधारणलाई आवागमनमा प्रभाव परेको बताए । उक्त पहिरोले भोटीखोलाको खानेपानीलाई समेत क्षति पुर्याएको बताईएको छ ।
तस्बिर : जिवन पौडेल

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.