www.tandavnews.com
Fact ~ In search of truth

पाेखरासहित गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुासर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ५ जिल्लामा १४ जना नयाँ संक्रमित भेटिएका हुन्।

नयाँ संक्रमित पुष्टि हुने जिल्लामा कास्की, तनहुँ, म्याग्दी, स्याङ्जा र बागलुङका छन्। तनहुँमा ४ जना, म्याग्दीमा २ जना, स्याङ्जामा ३ जना, बाग्लुङमा ३ जना र कास्कीमा २ जनामा काेराेना संक्रमण देखिएकाे हाे।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ। संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.