www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी पहिरो अपडेटः मृत्यु हुनेको संख्या १७ पुग्यो, ३ जना घाईते

अर्जुन गाहा
म्याग्दी, ताण्डव न्यूज ।

अविरल वर्षाको कारण म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परि मुत्यु हुनेको सँख्या १७ पुगेको छ ।
मालिका गाउँपालिकाको पहिरोमा ७ र धवलागिरी गाउँपालिकाको पहिरोमा १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको सँख्या १७ पुगेको हो ।
मृत्यु हुने उनीहरुको शब प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरीक्षक किरण जङ्ग कुँवर लगायतको नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले आज निकालेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीका अनुसार मालिका गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा मालिका ७ विम दुलेका बिष्णु पौडेल, सोही स्थानकै गौदेवी नेपाली, विशेष नेपाली, विर बहादुर नेपाली, विरको ३ महिनाको छोरा, विष्णु नेपाली र सन्दीप नेपाली रहेका छन् ।
यस्तै धवलागिरी गाउँपालिकाको पहिरोमा परि मृत्युहुनेहरुमा धवलागिरी ६ मराङ्गका सुकना लामगादे, सोही स्थानकै आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली र १८ वर्षिय प्रकाश केसी रहेका छन् ।
डिएसपी रेग्मीका अनुसार उद्धार गरिएका घाईतेहरुमा मालिका ७ विमका अन्दाजी ३६ वर्षिय पूर्ण बहादुर नेपाली, धवलागिरी ६ का २२ वर्षिया मन्जिता श्रीपाली र सोही स्थानकै सफल श्रीपाली रहेका छन् ।
उनीहरुको बेनी अस्पतालमा सामान्य उपचार पश्चात हेलीकप्टर मार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको डिएसपी रेग्मीले जानकारी दिए । उनले बेपत्ता भएका अन्य व्यक्तिहरुको खोजिकार्य तिब्र पारिएको बतादै २ सय २० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.