www.tandavnews.com
Fact ~ In search of truth

व्यायामशाला तथा फुटसल खुलाउन माग सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अर्जुन गाहा
पोखरा, ताण्डव न्यूज ।

लकडाउनका कारण बैंक तथा वित्तिय संस्थालाई किस्ता तिर्न गाह्रो भएपछि पोखराका खेलकुद सम्बद्ध व्यवसायी संघले व्यायामशाला, फुटसल तथा जुम्बा सेन्टर खुलाउन माग गर्दै प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र पठाएको छ ।

आईतबार व्यायाम व्यवसायी संघ, फुटसल व्यवसायी संघ, जुम्बा व्यवसायी संघ र कास्की वडिविल्डिङ एण्ड फिटनेस संघको एकेवद्धतामा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाल मार्फत १० बुँदे प्रतिबद्धता जनाउदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

Batas

ज्ञापन पत्र बुझाउनुअघि खेलकुद सम्बद्ध व्यवसायीहरुले वाईचोकबाट नेपालको झण्डा सहित विभिन्न नारा अंकित प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय परिसर पुगेका थिए । उनीहरुले बोकेका प्लेकार्डमा ‘आफ्ना लागि मन्त्री निवासमै जिम बनाउने, हाम्रो जिम चाँही बन्द गर्ने ?, व्यायामशाला धेरैे भए हस्पिटलमा भिड कम हुन्छ सरकार, हाम्रो जिमको भाडा, बैंकको ब्याज र प्रशिक्षकको तलब कस्ले तिर्ने ?, व्यायाम गरौं कुलतबाट बचौं, हाम्रो पनि परिवार छन् समाधान चाहियो, सुरक्षा संयन्त्र अपनाई सिमित व्यक्ति राखी जिम खोल्न पाउँ, लयायतका नारा लेखिएका थिए ।

ज्ञापनपत्र बुझाएपश्चात शान्तीपूर्ण ¥यालीको कोणसभामा बोल्दै कास्की वडिविल्डिङ एण्ड फिटनेस संघका अध्यक्ष राजु थापाले राष्ट्रका गहनाको रुपमा लिईने खेलाडीहरु उत्पादन गर्ने जिम नै बन्द गरिनु उचित नभएको तर्क दिए । उनले सरकारले लागु गरेको लकडाउनलाई पालना गरेको बताउदै अब थेग्न नसक्ने बताए । उनले करोडौ लगानी भएका व्यायामशालालाई उचित नीति बनाई यथाशिघ्र सञ्चालन गराउनुपर्ने माग गरे । उनले वडिविल्डिङका राष्ट्रिय खेलाडी कमल अधिकारीलाई प्रहरीले दमन गरेको प्रति खेद प्रकट गर्नै राज्यले खेलाडीको प्रतिष्ठालाई आँच आउने काम गर्न नहुने धारणा राखे । ‘खेलाडी भनेका जुवाडे होईनन्, थापाले भने, उनीहरुलाई जुवाको खालबाट उठाएर लिएर जाने । खेलाडी भनेका राष्ट्रका गहना हुन । सम्मान गर्न सिक्नुपर्छ ।’ उनले पोखरामा रहेका दर्जनौ व्यायामशालाको अरबौ लगानी सरकारले फिर्ता गरे सधैका लागि बन्द गरिदिने चेतावनी समेत दिए ।

त्यस्तै व्यायाम व्यवसायी संघ कास्कीका सचिव बलराम सुवेदी प्रधानमन्त्रीका वक्तव्यलाई स्मरण गर्दै कोरोना भगाउन व्यायाम आवश्यक रहेको भन्दै सञ्चालन गर्ने वातावरण सिर्जना गर्न माग गरे । उनले व्यायामले शरिर स्वस्थ्य रहने बताउदै अहिलेको समयमा व्यायामशाला खुल्नुपर्ने तर्क दिए । ‘यो अत्यन्तै फलदायी छ । हामी स्वस्थ्य रहन दैनिक व्यायाम गर्न आवश्यक छ ।’ सुवेदीले भने ।

उनले व्यायामशाला, जुम्बा सेन्टर तथा फुटसल बन्द गर्नु पूर्व भारतबाट आएर लुकिछिपी खोलेका सैलुनहरु बन्द गर्नुपर्ने धारणा राखे । जनताले अब लकडाउन खेप्न नसक्ने उल्लेख गर्दै सरकारले नीतिगत रुपमै खेलकुद सम्बद्ध व्यवसाय सञ्चालन गर्न स्वीकृति दिनुपर्ने बताए ।

त्यसैगरी राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य राजेश कुमार गुरुङले खेलकुद क्षेत्रका व्यवसाय तत्काल सञ्चालनमा ल्याउनुपर्ने तर्क राखे । उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिएको बताउदै खेलाडीहरुले तयारीका लागि व्यायामशाला लगायतका क्षेत्रहरु खुलाउनपर्ने बताए । उनले राष्ट्रले सफलता पाउनु पछाडि खेलाडीको अहम भुमिका रहने भन्दै नीतिगत रुपमा व्यक्तिगत सुरक्षा संयन्त्र अपनाई सञ्चालन गर्न स्वीकृति दिनुपर्ने धारणा राखेका थिए ।

यसअघि व्यायाम व्यवसायी संघ, फुटसल व्यवसायी संघ, जुम्बा व्यवसायी कास्कीले संयुक्त रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई समेत सोही ज्ञापनपत्र बुझाएको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.